+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाली फिल्म छायांकन गर्दा लाग्ने खर्चमा प्रोत्साहन दिन यूएईलाई बोर्डको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १५:१४

काठमाडौं । चलचित्र विकास बोर्डले मध्यपूर्वी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई)मा छायांकन हुने नेपाली फिल्मलाई प्रोत्साहन शुल्क (इन्सेन्टिभ) प्रदान गर्न आग्रह गरेको छ । बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै फिल्म छायांकनका लागि नेपाल आउन त्यहाँका निर्मातालाई समेत आग्रह गरेको जनाएको छ ।

दुबईमा यसै साता सम्पन्न चारदिने नेपाली सिनेमा फेस्टबाट अन्तर्राष्ट्रियकरणको ढोका खुलेको जनाउँदै अध्यक्ष भुवन केसीले यूएईलाई नेपाली फिल्मको दोस्रो ठूलो बजार बनाउन बोर्ड अग्रसर भएको उल्लेख छ । यूएईमा मात्र झण्डै पाँच लाख नेपालीको बसोबास रहेको जनाउँदै बोर्डले ती दर्शकलाई आफू नेपाली फिल्मका वास्तविक दर्शकको रुपमा अर्थ्याएको उल्लेख छ ।

दुबईमा सम्पन्न फेस्टिभलबाट सात बुँदे उपलब्धि हासिल भएको बोर्डले जनाएको छ । प्रत्येक शुक्रवार मध्यपूर्वमा नेपाली फिल्म रिलिज गर्न बोर्डले आवश्यक प्राविधिक सहयोग गर्ने, निरन्तर ५० भन्दा बढी स्क्रिनमा फिल्म सेन्सर गरी औपचारिक रुपमा प्रदर्शन गर्न मध्यपूर्वस्थित नेपाली फिल्मको वितरक कम्पनी नेपफिल्म तयार रहेको र सोको लागि निर्माता र वितरकसँग नेपफिल्मलाई बोर्डले समन्वय गर्ने, फिल्मको इन्कोडिङ’को लागि बोर्डले नेपफिल्मलाई सहयोग गर्ने उल्लेख छ ।

त्यहाँ निरन्तर प्रदर्शन हुने नेपाली फिल्मका लागि बोर्डले प्रचार प्रसारमा सहयोग गर्ने, युएई सरकारको सम्बन्धित निकाय ‘मिडिया एण्ड फिल्म कमिसन’सँग नेपाली फिल्म रिलिजका साथै कला, संस्कृति प्रवद्र्धन गर्न सहकार्य गर्ने, मध्यपूर्वमा नेपाली फिल्म छायांकनका लागि आवश्यक औपचारिक अनुमति, डकुमेन्टेसन र सहजीकरणका लागि सहकार्य गर्ने तथा यूएईका फिल्मकर्मीले नेपालमा फिल्म छायांकन गर्दा बोर्डले आवश्यक सहयोग गर्ने कुरालाई उपलिब्धको रुपमा दर्शाइएको छ ।

सूर्य कर्पोरेसनको व्यवस्थापनमा बोर्डले गैरआवासीय नेपाली संघसँग मिलेर फेस्टिभल आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?