+
+

सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १८:०२

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

सोमबार बिहान साइबर अपराधको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रेग्मीलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए । थाइल्याण्डबाट फर्कंदै गरेको रेग्मीलाई महेशचन्द्र रेग्मीले दिएको उजुरीको आधारमा पक्राउ गरिएको थियो ।

रेग्मीलाई विद्युतीय कारोबार ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । विद्युतीय स्वरुपमा रेग्मीले आफूलगायतको चरित्र हत्या गरेको भन्दै आचार्यले ब्युरोमा उजुरी दिएका थिए ।

उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् । यी गायक गायिकासँग उनको विवाद देखिएको छ । उनले बेलाबेलामा सामाजिक सञ्जालबाट कलाकार र अन्य व्यक्तिप्रति लाञ्छना लगाउँदै आएका छन् ।

१३ पुस २०७७ मा ३५ जना संगीतकर्मीले पनि रेग्मीलाई सचेत बनाइदिन भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई संयुक्त पत्र लेखेका थिए । जसमा गायक प्रमोद खरेलले नियमानुसार सिर्जनाहरु फिर्ता मागेकोबारे ध्यानाकर्षण गराउँदै रेग्मीले संगीतकर्मीहरुलाई गालीगलौज गरेकाले सचेत बनाइदिन आग्रह गरेका थिए ।

यस्तो थियो ध्यानाकर्षण पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?