+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पीपीएमा घुस लिएको प्रमाणित भए खुलामञ्चमा झुण्डिन तयार छु : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १७:५८
ऊर्जामन्त्री राजेन्द्र लिङ्देन/फाइल तस्वीर

११ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले विद्युत खरिद सम्झौताको खुला गर्दा कुनै आर्थिक चलखेल नभएको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता गर्दा ऊर्जामन्त्रीले एक अर्ब रकम लिएको भनेर सुनियोजित ढंगबाट दुष्प्रचार गरिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘विद्युत खरिद सम्झौतामा मात्र होइन, मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा मैले एक रूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु ।’

उनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर नै काम गर्ने दोहोर्‍याएका छन् । ‘मैले यो कसैलाई भन्न र प्रचारका लागि मात्र प्रयोग गरेको वाक्य होइन,’ उनले लेखेका छन्, ‘राम्रो गर्ने प्रयत्न गर्नेछु । नराम्रो गर्ने छैन ।’

सरकारले हालै थप १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको विद्युत खरिद खुला गरेको छ । गत बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट भएका आयोजनाहरुबाट खरिद सम्झौताका लागि निवेदन र कागजात माग गरेको थियो । १५ सय मेगावाट विद्युत किन्ने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमअनुसार बिजुली खरिदको सम्झौता (पीपीए) हुन लागेको हो ।

करिब ४ वर्षदेखि यस्ता आयोजनाहरुको पीपीए रोकिंदा जलविद्युतमा नयाँ लगानी पनि रोकिन पुगेको थियो । ऊर्जामन्त्री लिङ्देनको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको ९३० औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाहरुको १५ सय मेगावाट बराबर विद्युतको खरिद सम्झौता गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?