
१३ फागुन, गुल्मी । गुल्मी चेम्बर अफ कमर्शको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् जिल्लाको सदरमुकाम तम्घासमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाबाट पाण्डेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा वीरेन्द्र भुसाल, रेमलाल पाण्डे, सीता विश्वकर्मा निर्वाचित भएका निर्वाचन समिति संयोजक गोपालप्रसाद खनालले बताए । महासचिवमा यज्ञप्रसाद पन्थी सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे, हरिकिरण ठकुरी निर्वाचित भएका छन् ।
समितिको कोषाध्यक्षमा युवराज पाण्डे, सह–कोषाध्यक्षमा कमल अर्याल निर्वाचित भएका छन् । जिल्ला समितिमा निर्वतमान अध्यक्ष पदेन सदस्य रहने र २ जना सदस्य कार्यसमितिले मनोनित गर्ने भएको गुल्मी चेम्बर अफ कमर्शका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।
०७५ सालमा गठन गरिएको गुल्मी चेम्बर अफ कमर्शमा हाल २ सय ५० जना सदस्य छन् ।
प्रतिक्रिया 4