+
+

मड्रिड डर्बी बराबरीमा सकिँदा रियललाई घाटा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते ७:४८

१४ फागुन,  काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा दोस्रो स्थानको रियल र चौथो स्थानको एट्लेटिकोले १-१ को बराबरी खेलेका छन् ।

१० खेलाडीको एट्लेटिकोसँग बराबरीमा रोकिँदा रियललाई उपाधि होडमा घाटा लागेको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ७ अंकले पछि छ र बार्सिलोनाले अझै एक खेल खेल्न बाँकी छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो ।

खेलको ६४औं मिनेटमा एन्जल कोरेअ रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एट्लेटिको दश खेलाडीमा झरेको थियो । तर ७८औं मिनेटमा जोस जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । यद्यपि एट्लेटिकोले अग्रता जोगाउन भने सकेन । रियलका लागि टिनएजर अल्भारो रोड्रिगेजले ८५औं मिनेटमा गोल गर्दै खेल बराबरी गर्दै रियललाई हारबाट जोगाए ।

बराबरीपछि रियलको २३ खेलबाट ५२ अंक भएको छ । लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५९ अंक छ । आइतबार बार्सिलोनाले अल्मेरियालाई हराएमा रियलमाथि १० अंकको अग्रता बनाउनेछ ।

एट्लेटिको मड्रिड भने २३ खेलबाट ४२ अंकसहित चौथो स्थानमै छ । एट्लेटिको तेस्रो स्थानको रियल सोसिडाडभन्दा जम्मा एक अंकले पछि छ ।

आइतबार राति नै सोसिडाड भ्यालेन्सियासँग १-० ले पराजित हादा एट्लेटिकोलाई फाइदा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?