+
+

केपी ओली कपको खेल बीचमै रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १६:५२

१४ फागुन, काठमाडौं । केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा तथा मेघ गर्जनका कारण रोकिएको छ ।

त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे खेलाउने गरि रोकिएको छ ।

खेलको ५३ औं मिनेटसम्म दुवै टिम शुन्यको बराबरीमा रहेको अवस्थामा मेघ गर्जनसहित वर्षा र चट्याङ परेकाले खेल रोकिएको हो ।

भोलि ११ बजे आज रोकिएको खेलको दोस्रो हाफ तथा ३ बजे मछिन्द्र फुटबल क्लब र केपी ओली फुटबल क्लबबीचको खेल हुने छ ।

झरीमा भिज्दै खेलाडी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?