+
+

बैतडीमा पिकनिक गएका युवक मृत भेटिए, १२ जनामाथि अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १७:१५

१४ फागुन, धनगढी । बैतडीमा वनभोज गएका युवक मृत अवस्थामा भेटिएका छन् । दशरथचन्द नगरपालिका–१० का २५ वर्षीय जीवन बुडाल शनिबार राति मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले शनिबार साथीहरुसँगै वनभोज गएका बुडाल राति दशरथचन्द नगरपालिका–६ शेरास्थित चौलानी नदीको बगरमा मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार नदीको दुई किनार भएर बग्ने बीचको बगरमा बुडालको शव भेटिएको हो ।

बुडालको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पतालमा राखिएको डीएसपी शाहीले बताए । उनी राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ । बझाङमा कार्यरत उनी विदामा घर आएका बेला शनिबार साथीहरुसँग वनभोज खान गएका थिए ।

यसैबीच बुडाल मृत भेटिएको घटनामा शंकास्पद १२ जनामाथि अनुसन्धान थालिएको छ । बुडालसँगै वनभोज खान गएकामध्येका साथी, आफन्त र नातागोता पर्ने १२ जनामाथि अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले बताए । उनीहरुलाई निगरानीमा राखेर अनुसन्धान जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?