१४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाएको घटनालाई अतिरञ्जित गरिएको भन्दै राष्ट्रिय खेलकुद परिषदले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
बलात्कारका आरोपी सन्दीपलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले माला लगाइदिएर हात मिलाएको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना भइरहेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले विज्ञप्ति निकालेर आलोचनाप्रति दुख व्यक्त गरेका छन् ।
‘नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरि खेलाइएका खेलाडी सन्दीप लामिछानेसँग राष्ट्रिय खेलकुद परिषदका संरक्षक प्रधानमन्त्रीज्यूले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दीपलाई मात्र प्रधानमन्त्रीज्यूले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरी भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ’, उनले विज्ञप्तिमा लेखेका छन्, ‘क्रिकेटमा ऐतिहासिक सफलता पाएको टिमलाई बधाई दिन कार्यको अन्यथा अर्थ लाग्ने गरि भएको प्रचारप्रति खेलकुद परिषद दुख व्यक्त गर्दछ ।’
खेलाडीलाई भेटेर बधाई दिएकोमा सदस्य सचिव घिसिङले प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप क्रिकेट लिग टू अन्तर्गत काठमाडौंमा भएको त्रिकोणात्मक शृंखलाका सबै चार खेले जितेको नेपाली टोलीलाई बधाई दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सन्दीपसँग पनि हात मिलाएका थिए ।
 
                    










 २०७९ फागुन  १४ गते १९:१६
                        २०७९ फागुन  १४ गते १९:१६                     
                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4