+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
रूस–युक्रेन युद्धको एक वर्ष :

दुबईको मरुभूमिमा गहुँ फलाउने समय

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १३:११

१५ फागुन, काठमाडौं । ठीक एक वर्षअघि आजैका दिन २४ फेब्रुअरी २०२२ मा रूसले छिमेकी युक्रेनमाथि सैन्य हमलाको घोषणा गर्‍यो ।

रणनीतिक स्वार्थका कारण सधैं टकरावमा रहने गरेका दुई छिमेकी मुलुक एक्कासी युद्धमा होमिएपछि संसारभरको आपूर्ति र अर्थव्यवस्था प्रभावित बन्यो । इन्धनको मूल्य वृद्धिदेखि खाद्यान्न ढुवानीसम्म विश्व अर्थतन्त्रको चक्र बिथोलियो । गहुँ, मकै जस्ता खाद्यान्नदेखि तोरी, सूर्यमुखी जस्ता तेलहनसम्मको उत्पादन र ओसार–पसार अवरुद्ध भयो ।

रूस–युक्रेन युद्धको समर्थन र विरोधमा अन्य मुलुकबाट भएका निषेधका प्रतिक्रियात्मक घटनाले विश्वलाई आर्थिक मन्दीतर्फ लग्यो । विश्व स्वास्थ्य संगठनले संसारभर खाद्य संकट हुने आकलन गर्‍यो । मरुभूमि मुलुक संयुक्त अरब इमिरेट्स (युएई)ले भने रूस–युक्रेन युद्धले विश्व प्रभावित भइरहेकै समयमा गहुँ उत्पादन गरेर आफ्नो खाद्य सुरक्षाको नयाँ बाटो पहिल्याएको छ ।

युएईको शारजाह मरुभूमिको रक्की माउन्टेनको मेलिहा क्षेत्रमा यतिबेला यसअघि कहिल्यै नदेखिएको हरियाली छाएको छ । आठवटा वृत्ताकार क्षेत्रमा देखिने लहलह बढिरहेको हरियालीमा अहिले गहुँको बाला पोटिलो बन्दै गएको छ ।

नेशनल न्यूजकी संवाददाता निलञ्जना गुप्तासँगको कुराकानीमा निकै प्रफुल्ल देखिएका दुबईका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. खालिफा मुसाबेह अहेमद अल्टेन्जी भन्छन्, ‘आउँदो १५–२० मार्चमा हामी गहुँको पहिलो फसल भित्र्याउँछौं ।’
सामान्यतः यो अपत्यारिलो कुरा हो । मरुभूमिमा पनि गहुँ फल्छ ? हालसम्म प्रकृतिले नै स्वीकार नगरेको कुरा हो, यो । तर, यूएईले यसलाई पत्यारिलो प्रमाणित गरिदिएको छ ।

४०० हेक्टरमा फलेको गुहँ भित्र्याउन मेशिनरी जडानको काम पनि सकिएको छ । यसपटक १६०० मेट्रिक टन गहुँ उत्पादन हुने शारजाह प्रान्तको कृषि विभागको अनुमान छ ।

वार्षिक १७ लाख मेट्रिक टन गहुँ आयात गर्ने दुबई कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धपछि खाद्य संकटमा पर्ने डरमा थियो । रूस–युक्रेन युद्धपछि भारतलगायत ठूला अनाज उत्पादक मुलुकहरूले खाद्यान्न निर्यात रोक्न थालेका थिए ।

त्यसबाट सचेत भएको युएईको दुबई सरकारले शारजाहको मरुभूमिमा गहुँ फलाएर चमत्कारै गरेको छ । यसलाई अझै फैलाउँदै लैजाने उसको तयारी छ । आर्टिफिसियल इन्टेलिजेन्ज (एआई) प्रविधिबाट गहुँ फलाएको उसले विश्वका ३५ मुलुकबाट विविध जातका गहुँको बीउ ल्याएर यही परियोजनामार्फत परीक्षण पनि गरिरहेको जनाएको छ ।

यो परियोजनालाई भविष्यमा युएईको हावापानीमा कुन प्रकारको गहुँको खेती फस्टाउँछ भन्ने अनुसन्धानको रूपमा पनि लिइएको छ ।

कृषि तथा पशुधन विभागका अध्यक्ष डा. खलिफा मुसाबेह अहमद अलतेनीजी द नेशनल न्यूजसँग कुराकानी गर्दै भन्छन्, ‘हामीसँग रहेको प्रयोग भइरहेको थोरै खेतमा लगभग ३० प्रकारका गहुँका प्रजातिहरू छन् ।’ त्यहाँ विशेषज्ञहरूले हरेक दिन अनाजको अध्ययन, निगरानी र मापन गर्छन् ।

यही विधिबाट त्यहाँ सबैभन्दा उपयुक्त बिउको छनौट गरिने उनले बताए । बाली उत्पादन युएईका लागि कृषि विकासको कोशेढुंगा सावित हुनेछ किनकि युएईले कोप- २८ जलवायु सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?