
१६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि आशा लघुवित्तले लाभांश परिमार्जन गरेको छ । २३ माघमा बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
तर, साता नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाई गर्दै १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा १५ प्रतिशत भन्दा बढी हुने लाभांशको ९५ प्रतिशत रकम विभिन्न कोषमा राख्नुपर्ने व्यवस्था गरेको थियो । पहिले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा २० प्रतिशत भनदा बढी हने लाभांशको ७५ प्रतिशत रकम विभिन्न कोषमा राख्नुपर्ने व्यवस्था थियो ।
१५ फागुनमा नेपाल राष्ट्र बैंकबाट प्राप्त भएको पत्रअनुसार अब बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये १४.२९ प्रतिश्त बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको लघुवित्तले जनाएको छ ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया 4