+
+

सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेसका सम्बन्धित प्रदेशका पदाधिकारीले नेतृत्व गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १०:४६
फाइल तस्वीर ।

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले फागुन १९ गते हुने सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सत्ता गठबन्धनको प्रदेश भेलामा सम्बन्धित प्रदेशबाट पदाधिकारी भएका व्यक्तिले नेतृत्व गर्ने निर्णय गरेको हो ।

भेलामा पुरानो गठबन्धन ब्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने बारेमा प्रशिक्षण दिइने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

सत्ता गठबन्धनका ८ दलले १९ गते सम्बन्धित प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?