+
+

निर्मला कुर्मी प्रकरणबारे अनुसन्धान गर्न फेरि बन्यो समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १९:३६
निर्मला कुर्मीलाई न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा गरिएको प्रदर्शनी ।

१७ फागुन, काठमाडौं । बाँकेको निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि प्रहरीले अर्को समिति गठन गरेको छ ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिमा सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी प्रधान कार्यालय, कानून शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोती, सीआईबीका डीएसपी मदनजित महरा र रामकृष्ण पाठक सदस्य छन् ।

यसअघि सीआईबीकै एक जना एसपीको नेतृत्वमा २१ पुसमा छानबिन समिति बनेको थियो भने पहिल्यै सरकारले गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

कुर्मीको पक्षमा पैरवी गर्दै आएकी मानवअधिकारकर्मी रुबी खानको पछिल्लो प्रदर्शनपछि नयाँ समिति गठन भएको हो । खानले घटनामा जोडिएका कांग्रेस नेता पूर्वसभासद् बादशाह कुर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग राख्दै आएकी थिइन् ।

तर, कुर्मी पक्राउ परेका थिएनन्, बरु योबीचमा उनी नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको उम्मेदवार भएर निर्वाचित भइसकेका छन् । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले समितिलाई पुरानो अनुसन्धानले गरेका तथ्यहरुको सुक्ष्म मूल्यांकन र अनुसन्धान गरेर प्रतिवेदन पेश गर्न भनेका छन् ।

‘सो मुद्दासँग सम्बन्धित सम्पूर्ण पक्षहरुको विस्तृत अनुसन्धान गरी पीडितले न्याय महसुस गर्ने गरी अनुसन्धान कार्य पूरा गरी दोषी उपर प्रचलित कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’, आईजीपी सिंहले दिएको लिखित आदेश पत्रमा भनिएको छ, ‘उक्त अपराधसँग कुनै पक्ष उपर सम्पत्ति शुद्धिकरण वा अन्य कुनै कानून आकर्षित हुने भए सो समेतमा विस्तृत अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गर्ने ।’

मन्त्रालयको छानबिनका आधारमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धिरेन्द्र सिंह र कुँवर बबन सिंह पक्राउ परेका थिए । तर, पछि उनीहरु पनि छुटेका थिए । कुर्मीविरुद्ध पनि जाहेरी परेपनि १० भदौ २०७८ मा अनुसन्धान अधिकारी समक्ष उपस्थित भएर बयान दिएर हाजिरी जमानीमा छुटेको भन्दै उनलाई बोलाइएको थिएन ।

प्रहरी गरेको अनुसन्धानका क्रममा कुर्मीको भारतमा मृत्यु भएको विवरणहरु फेला परेको अधिकारीहरुको दाबी छ । तर, अधिकारकर्मीहरुले कुर्मीको अपहरण तथा शरीर बन्धक गरेर हत्या गरिएको दाबी गरिरहेका छन् । उनको हत्या भएको भन्दै २० चैत २०७७ मा किटानी जाहेरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?