+
+

अष्ट्रेलियाको सिड्नीमा पुँजी बजार सम्बन्धी सचेतना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १४:२७

१८ फागुन, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट्रेलियाको सिड्नीस्थित पारामाटामा रहेको इन्टरनेशनल इनस्टिच्युट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा स्रोत व्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयामबारे सहभागीसँग अन्र्तक्रिया गरेका थिए ।

अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको विविध परिदृश्यहरुका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्वन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको अधिकारसहितको नागरिकता र लगानी सहजीकरणका विषयमा छलफल भएको थियो । कार्यक्रममा राजनीतिक बाहेक अन्य अधिकारको विषयमा भएका पछिल्ला गतिविधिहरुबारे समेत पोखरेलले चिन्ता व्यक्त गरेका थिए ।

पोखरेलले नेपालको पुँजी बजारमा आवश्यक पर्दा एनआरएनहरुले लगानी वापतको आम्दानीसँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रबारे समेत चासो व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?