+
+

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १४:५४

काठमाडौं । इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत इसेवाको मोबाइल एप्स मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन् ।

यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै १० जनाले एक हजारसम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्नेछन् ।

यस उपहार योजनामा सहभागी हुनका लागि इसेवा मोबाइल एप्स मार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ । साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्न सक्नेछन् । यसैगरी रेडमी वाच २ लाइट स्मार्ट वाचका विजेताको पनि हरेक बिहीबार घोषणा गरिने बताइएको छ । यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?