
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता दयाहाङ राई संयुक्त राज्य इमिरेट्स् (यूएई) जाने भएका छन् ।
इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत इमिरेट्स एक्सचेन्ज र इसेवा मनिट्रान्सफरको निम्तोमा उनी ३ मार्चमा यूएई जान लागेका हुन् । अभिनेता राई इसेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो समेत हुन् ।
यूएईमा रहँदा राईले नेपाली रेमिट्यान्स सेवाग्राही तथा इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
अभिनेता राईले यस अभियान अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताए ।
मेरो डिजिटल देश योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने १ जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ ।
प्रतिक्रिया 4