
फाइल तस्वीर : नो अब्जेक्सन लेटर लिन केशरमहलस्थित कार्यालयमा लागेको लाइन ।
१८ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले विद्यार्थी आफैले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ ।
शाखा प्रमुख वासदेव वस्तीका अनुसार अबको केही हप्तापछि एनओसी लिन कार्यालय धाइरहनुपर्दैन । अनलाइनमार्फत विद्यार्थीले दिएको आवेदन शाखाले प्रमाणि गरेपछि आफैंले प्रिन्ट गर्न सक्निे व्यवस्था गर्ने उनले जानकारी दिए ।
‘यो साता प्राविधिक काम सकेर अर्को हप्ता परीक्षण गर्ने र परीक्षणमा देखिएको प्राविधिक समस्या समाधान गरेर पूर्ण रुपमा अनलाईन बनाउँछौं’ शाखा प्रमुख वस्तीले भने ।
यदि विद्यार्थीको आवेदन अनलाइनमार्फत प्रमाणित नभएमा भौतिक रुपमा शाखामा उपस्थित भएर प्रमाणित गर्नुपर्छ । यसरी प्रमाणि भए पनि जारी भने अनलाइनबाटै हुन्छ र आफंैंले प्रिन्ट गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4