१९ फागुन, काठमाडौं । नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु गएका थिए ।
भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । चौधरीले भने २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय लिने जानकारी गराएका छन् ।
यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई भेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4