+
+

त्रिभुवन विमानस्थलमा ‘लेजर लाइट’ आतंक

अच्युत पुरी अच्युत पुरी
२०७९ फागुन १९ गते २०:११

१९ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलमा पछिल्लो केही दिनयता लेजर लाइटको आतंक बढेको छ । जहाजहरुको उडान/अवतरणलाई प्रभावित गराउने गरी यस्तो लाइट विमानस्थलतर्फ फ्याँक्ने गरिएको हो । यो पछिल्लो तीन दिनयता निरन्तर भइरहेको विमानस्थल स्रोतले जानकारी गराएको छ ।

मनोहरा क्षेत्रबाट यस्तो लाइट विमानस्थलतर्फ फाल्ने गरिएको छ । सामान्यता लेजर लाइट फाल्ने बिन्दु पत्ता नलाग्दा यस्तो काम गर्नेहरुले प्रश्रय पाउने गरेका छन् ।

स्रोतका अनुसार यस्तो लाइट आउँदा विमानस्थलमा उडान सुरक्षामा असर गर्ने गर्छ । यसले आँखामा एक्कासी लाइट पर्दा जुन असर पर्छ, जहाज उडाउने पाइलटलाई समेत यस्तै असर पर्छ ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले यसबारे पत्ता लगाउन आफूले निर्देशन दिइसकेको जानकारी दिए । ‘कहाँबाट, कसले, के उद्देश्यले यो काम गरिरहेको छ, पत्ता लगाउन निर्देशन दिइसकेको छु’ उनले अनलाइनखबरसँग भने । त्रिभुवन विमानस्थलमा विगतमा समेत यस्तो गतिविधि गरी दुखः दिने गरिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?