+

फिर्मिन्होले लिभरपुल छाड्ने

२०७९ फागुन  १९ गते २१:२० २०७९ फागुन १९ गते २१:२०
फिर्मिन्होले लिभरपुल छाड्ने

१९ फागुन, काठमाडौं । ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिन्होले लिभरपुल छाड्ने भएका छन् ।

यो सिजनको अन्तिममा ८ वर्षे सम्झौता सकिएसँगै उनले क्लब छाड्ने निर्णय गरेका हुन् ।

प्रशिक्षक योर्गन क्लोपले सम्झौता नवीकरण गर्न चाहे पनि फिर्मिन्होले त्यसलाई अस्वीकार गर्दै  क्लब छाड्ने बताएका हुन् ।

लिभरपुलबाट फिर्मिन्होले च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, ईएफएल कप र क्लब वर्ल्ड कप जितेका छन् ।

लिभरपुलका लागि ३५३ खेल खेलेका उनले १०७ गोल र ७० असिस्ट गरेका छन ।

ब्राजिलयन राष्ट्रिय टिमबाट ५५ खेल खेलेका उनले १७ गोल गरेका छन् ।

रोबर्टो फिर्मिन्हो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय