+
+

संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते १२:५१

२० फागुन, काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।

महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने माग पनि प्रसाईँको छ ।

प्रदर्शनमा सहभागीहरु । तस्वीर आर्यन धिमाल/अनलाइनखबर
प्रदर्शनका एक सहभागी । तस्वीर आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?