+
+

संकटा क्लबले एकै दिन गर्‍यो दुई प्रायोजकसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते १४:२८

२० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन फुटबल क्लब संकटालाई खेलकुद सामग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीले प्रायोजन गर्ने भएका छन् ।

संकटा क्लबले आज शनिबार दुवै पक्षसँग छुट्टाछुट्टै प्रायोजन सम्झौता गरेको हो ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर तथा यूक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले सम्झौतापत्र आदानप्रदान गरे । संकटाले यूक्यानसँग आधिकारिक खेल सामग्री प्रायोजकको रुपमा सम्झौता गरेको हो । सो सम्झौताअनुसार यूक्यानले संकटालाई वार्षिक रुपमा ६ देखि ७ लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्नेछ ।

अध्यक्ष तुलाधरले निलडेभिड एकेडेमीका अनुराग कँडेलसँग पनि सम्झौतापत्र आदानप्रदान गरेका छन् । संकटाले निलडेभिड एकेडेमीलाई स्टायलिङ पार्टनरको रुपमा सम्झौता गरेको हो । सो सम्झौता अनुसार एकेडेमीले संकटा क्लबका खेलाडीहरूलाई स्टाइलिस बनाउने कार्य गर्नेछ । संकटाको जर्सीमा निलडेभिड एकेडेमीको लोगो अंकित हुनेछ ।

प्रायोजन सम्झौतामा अध्यक्ष तुलाधरले यस सत्रमा संकटाले आफ्नो पुरानो गौरव फर्काउन र लिग उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको जानकारी दिएका छन् । उनका अनुसार संकटाले यस सत्रको लिगका लागि २ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रशिक्षकमा सल्यान खड्गीलाई फर्काएको संकटाले सुनिल बल, मनिष डाँगीसहित आयुष घलानजस्ता घरेलु फुटबलका शीर्ष नामहरुलाई पनि भित्र्याएको छ । अध्यक्ष तुलाधरले अन्य खेलाडी भित्र्याउने प्रयास भइरहहेको जानकारी दिए ।

संकटा २०३६, २०४० र २०४२ मा घरेलु शीर्ष लिग च्याम्पियन बनेको थियो । यो सिजनको आफ्नो पहिलो खेल संकटाले आइतबार दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्नेछ ।

संकटाको टिम

टेकेन्द्र सिंह थापा (गोलरक्षक), निशान राना (गोलरक्षक), विष्णुकुमार केसी (गोलरक्षक), सन्दिप आले, एन्द्र थियरी वियिक वियिक, दिपक घिसिङ, रवि सिलवाल, निशान खड्का, ललित चौलागाईँ, सुनील श्रेष्ठ, सुनील बल, जुनियर, गणेश हमाल, दिपेन्द्र विके, अनिस महर्जन, कुलदीप कार्की, रासन पहारी, चन्दन दास, आयुष घलान, मनिष डाँगी, सुरजज्यू ठकुरी, नेल्स्न र सरोज दाहाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?