+
+

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते ८:५४

२१ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सर्वाधिक गोलकर्ता बनेका छन् ।

एमबाप्पेले क्लबका लागि कीर्तिमानी २०१ औं गोल गर्दा पीएसजीले फ्रेन्च लिग वानमा नान्ट्सलाई ४-२ ले पराजित गरेको छ । यस जितपछि पीएसजीले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । साथै उनले पीएसजीको जित पनि पक्का गरे ।

पीएसजीको जितमा लिओनल मेसी र डानिलोले पनि एक एक गोल गरे । नान्ट्सका हाडजमले एक आत्मघाट्टी गोल गरे ।

नान्ट्सका लागि लुडोभिच ग्लास र इग्नाटिउस गांगोले एक एक गोल गरे ।

एमबाप्पेले एडिनसन कभानीको नाममा रहेको २०० गोलको कीर्तिमान तोडेका हुन् ।

२४ वर्ष लागेका फरवार्ड एमबाप्पेले आफूलाई फुटबलको नयाँ सुपर स्टारको रुपमा स्थापित गरिरहेका छन् ।

दुई पटक विश्वकप फाइनल खेलिसकेका एमबाप्पेले २०१८ मा विश्वकप जितेका थिए भने २०२२ मा गोल्डेन बुट जितेका थिए ।

उनले फ्रान्सका लागि २०२१ मा नेसन्स लिगको उपाधि समेत जितेका छन् ।

सन् २०१७ मा मोनाको बाट पीएसजी पुगेका एमबाप्पेले चार लिग वान उपाधि जितिसकेका छन् भने पछिल्ला चार सिजनमा सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

यस सिजन एमबाप्पेले ३० गोल गर्नुका साथै ८ असिस्ट समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?