२१ फागुन, काठमाडौं । दिपक राजले दुई गोल गरेपछि सातदोबाटो युथ क्लब शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले एनआरटीलाई २-१ ले पराजित गरेको हो ।
सातदोबाटोका लागि दिपक राज ठकुरीले ४५औं र ८४औं मिनेटमा गोल गरेका थिए । एनआरटीका निकोलस सङले पहिलो हाफको इन्जुरी टाइम (४५+५)मा गोल गरेका थिए ।
एनआरटीका लागि निकोलस सङले एक गोल फर्काए । जितपछि सातदोबाटोले ३ अंक जोडेर लिगको सुरुवात गरेको छ । एनआरटीले भने हारबाट लिगको सुरुवात गरेको छ ।
प्रतिक्रिया 4