+
+

सम्बन्धमा दरारको चर्चाबीच निशाको प्रष्टीकरण : म, शरद र युवान ठीकै छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १३:३३

काठमाडौं । पति शरद भेषवाकरविरुद्ध अदालतमा अंशवण्डा मुद्दा दायर गरेपछि अभिनेत्री निशा अधिकारी यतिबेला चर्चामा छिन् । उनले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सम्पतिको फाँटबारी पेस गर्न आदेश दिइसकेको छ । सामाजिक सञ्जालमा यो कुरालाई लिएर टिकाटिप्पणीहरु भइरहेका छन् ।

यो टिप्पणीबीच निशाले आफूहरुबीच ठीकठाक रहेको बताएकी छन् । फेसबुकमा आफ्नो सिंगल तस्वीरसहित पोस्ट गर्दै उनले लेखेकी छन्, ‘हामी अन्य व्यक्तिको अनुभवप्रति कत्तिको दयालु र स्वीकार्य छौं भनेर सोच्न र पुनः सोच्न आवश्यक छ । त्यो हाम्रो विशिष्टता हो । त्यो स्वीकृतिले हामीलाई मानिसको रूपमा परिभाषित गर्दछ र सामूहिक रूपमा हामीलाई मायालु समाज निर्माण गर्न नेतृत्व गर्दछ । म, शरद र युवान राम्रै छौं तथा हामीबीच अथाह माया, सम्मान र करुणा सेयर भइरहेको छ ।’

उनी अगाडि लेख्छिन्, ‘म न त लुकाउने छु, न त धेरै व्याख्या गर्न जाँदैछु । यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौं ।’

निशा र शरद्ले २०७४ सालमा विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन् । निशा फिल्म करिअरमा व्यस्त छिन् । शरद भने राष्ट्रिय टिममा समावेश नभएका कारण यतिबेला फुर्सदमा छन् । निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन् । डिभोर्स नगरीकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?