+
+

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

रासस रासस
२०७९ फागुन २३ गते १३:५६

२३ फागुन, काठमाडौं । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरमा प्रदेश ३-०२-००९प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामंगलमा गए राति मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य एक महिलाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?