+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सर्लाहीमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा   

रासस रासस
२०७९ फागुन २३ गते १७:०२

२२ फागुन, सर्लाही । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।

ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो ।

दीगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेसनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक छ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए ।

उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनईए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरु गर्ने उनको भनाइ छ । समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधै प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले बताए ।

‘साँझ ५ देखि ११ बजेसम्मको पिकआवरमा प्रतियुनिट रू १० दशमलव ५० र राति ११ बजेदेखि बिहान ५ बजेसम्म रू. ६.६० महसुल निर्धारण गरेको छ,’ विद्युत् प्राधिकरण लालबन्दीका सूचना अधिकारी विशाल श्रेष्ठले भने, ‘बिहान ५ देखि बेलुकी ५ बजेसम्मको समयमा सवारीसाधन चार्ज गर्दा प्रतियुनिट रू. ८.५० विद्युत् महसुल निर्धारण गरिएको छ ।’

‘चार्जिङ स्टेसन स्थापनापछि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सजिलो र सस्तो भएको छ,’ चालक मोहन थापाले भने, ‘डिजेल गाडीमा सर्लाहीबाट काठमाडौं पुगेर आउँदा कम्तीमा रू. १० हजारको तेल मात्रै खर्च हुन्थ्यो,’ उनले भने, ‘विद्युतीय सवारीले त्यति नै दूरी एक हजार खर्च गरे पुग्छ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?