 
																						काठमाडौं । अभिनेता प्रदीप खड्काले बुधबार माइती नेपालमा पुगेर त्यहाँका किशोरीलाई हौसला बढाएका छन् । नारी दिवसको अवसरमा माइती नेपालले आश्रित किशोरीका लागि फुटसल प्रतियोगिता आयोजना गरेको थियो । अतिथि बनेका खड्काले एक दिन मात्र नभएर हरेक समय र पलमा नारीको सम्मान गर्नुपर्ने बताए ।
फुटसल प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाकी सांसद आरजु राणाले गरेकी थिइन् । उक्त अवसरमा बोल्दै अभिनेता खड्काले नारीको सम्मानमा कमी आएको बताए । देखावटी सम्मानको प्रवृत्ति बढेको भन्दै उनले प्रेम, करुणा, सम्मान र हेर्ने दृष्टिकोण राम्रो नभएसम्म समाज बलियो र सभ्य नबन्ने बताए ।

आगामी वैशाखदेखि छायांकन तयारीमा रहेको फिल्म ‘क्यामिनो’को कार्यशालाका लागि खड्का यतिबेला काठमाडौंमा छन् । यसबाहेक केही फिल्म प्रोजेक्टमा पनि उनको तयारी भइरहेको छ । प्रेमगीत ३ पछि नयाँ प्रोजेक्टमा उनी व्यस्त देखिएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4