+
+

उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १७:५६

२५ फागुन, काठमाडौं । जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त भएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेलललाई जिताउने गठबन्धनकै तर्फबाट उपराष्ट्रपति यादव चुनाव लड्ने भएका कारण उनी जित्ने पक्का छ । त्यसमाथि एमालेले उपराष्ट्रपति पदमा उम्मेदवारी नदिने धेरै सम्भावना छ । एमालेले भोलि शुक्रबार पार्टी केन्द्रीय कार्यालय बैठक डाकेर यसबारे औपचारिक निर्णय गर्ने सम्भावना छ ।

यस्तो भएमा यादव उपराष्ट्रपतिमा सर्वसम्मत बन्न सक्छन् ।

उनको जितसँगै रिक्त हुने बारा २ को निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव लड्न चाहन्छन् । यादव यसअघि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित थिए ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार यसबारे पार्टीमा कुनै निर्णय भएको छैन । ‘कुनै पनि सम्भावनामा जान सक्छौं, त्यसका लागि संसदीय बोर्ड र क्षेत्रीय समितिको बैठक बस्छ,’ सुमनले भने, ‘तर हतार भयो भने सिधै केन्द्रीय समितिले निर्णय गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?