+
+

राष्ट्रपतिको पद कसरी हुन्छ हन्तान्तरण ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १८:२३
रामचन्द्र पौडेल ।

२५ फागुन, काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । कतिपयलाई उनी अब शितलनिवास गइहाल्छन् भन्ने लागेको छ । तर यथार्थमा पद हस्तान्तरणको प्रक्रिया केही फरक छ ।

संविधानको धारा ६३ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ भन्ने व्यवस्था छ । जस अनुसार रामचन्द्र पौडेल आज बिहीबारदेखि नै राष्ट्रपति भएका छन् । तर उनले शपथ लिएपछि मात्रै औपचारिक रुपमा पदभार ग्रहण गर्ने चलन छ ।

राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाका अनुसार निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनु पर्ने छ । त्यसका निर्वाचन आयोगले शुक्रबारको समय पाएको उनले बताए ।

राष्ट्रपति भण्डारीले नयाँ राष्ट्रपति निर्वाचित भएको जानकारी पाएपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुने सचिव कोइराला बताउँछन् । उनका अनुसार, त्यसपछि समन्वयमा शपथ ग्रहणको कार्यक्रम तय हुन्छ ।

शपथ ग्रहण कहिले हुन्छ भन्ने मिति तोकिएको छैन । २८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्ष पूरा हुने भएकाले त्यसलाई समेत ध्यानमा राखेर शपथ ग्रहणको मिति तय गरिने कोइरालाले बताए ।

शपथ ग्रहणपछि नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने र निवर्तमान राष्ट्रपतिलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवाससम्म पुर्‍याउने काम हुन्छ ।

संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?