+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नारी दिवसमा नबिल बैंकका कर्मचारीलाई तालिम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १६:५५

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्ना कर्मचारीलाई सचेतनामूलक तालिम दिएको छ ।

कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना जगाउने उद्देश्यले तालिम सञ्चाालन गरिएको बैंकले जनाएको छ । फाइट–ब्याक नामक संस्थाको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा ७० जना कर्मचारी सहभागिता रहेको बैंकले जनाएको छ ।

उपत्यका भित्रका शाखाहरूका लागि स्थलगत र उपत्यका बाहिरका शाखाका कर्मचारीहरु अनलाइन मार्फत कार्यक्रम सहभागी बनेको बै‌कले बताएको छ । कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिहरूको सामना गर्न यस प्रकारको जानकारी मूलक कार्यक्रम उपयोगी रहेको बताए । नबिल बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा नेपालको कानुनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताइन् ।

आफ्नो कार्यालय स्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्न सक्ने हिंसालाई ध्यानमा राखेर नारी दिवसको दिनमा बैंकका कर्मचारीहरूलाई यो एक दिने तालिम सञ्चालन गरेको नबिल बैंकका मानव संसाधन प्रमुख दिवस कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?