
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको मेम्बरसिप ड्राइभ कमिटीको चेयरमा डिलु पराजुली नियुक्त भएका छन् । एनआरएनए अमेरिकाका उपाध्यक्ष समेत रहेका पराजुलीलाई गत बिहीबार कमिटीले उक्त पदमा नियुक्त गरेको हो ।
कार्यसमिति बैठकमा अध्यक्ष बुद्धिसागर सुवेदी र महासचिव अञ्जनकुमार चौलागाईंले उपाध्यक्ष पराजुलीलाई उक्त पदमा प्रस्ताव गरेका थिए । एनआरएनएको महत्वपूर्ण पदका रुपमा हेरिने मेम्बरसपि ड्राइभ कमिटीको चेयर पदका लागि शीर्ष पदाधिकारीबीच प्रतिस्पर्धा हुने गर्छ । चेयरमा नियुक्त भएलगत्तै पराजुलीले प्रेस वक्तव्य जारी गर्दै सदस्य कसरी बन्ने र कहिलेसम्म बन्न सकिन्छ भन्ने लगायत धेरै विषयलाई प्रष्ट बनाउने कोसिस गरेका छन् ।
बुधबार राति एनआरएनए अमेरिकाको फेसबुक पेजबाट सदस्यता लिन योग्यता पुगेका सबैलाई आह्वान गरेका पराजुलीले मेम्बरसिप ड्राइभ कमिटीको चेयरमा नियुक्त भएपछि एनआरएनए अमेरिकाका २९ वटा च्याप्टर र सबै राज्यमा रहेका इकाईसँग मिलेर सदस्यता वितरणको अभिभारालाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4