+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

केन्द्रीय सर्भरमा समस्या, देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ११:३८
वीर अस्पतालमा सेवाग्राहीको भिड । फाइल फोटो

२८ फागुन, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ ।

स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शम्भु प्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएको बताए । ‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) (केन्द्रीय सर्भर)मा समस्या आएपछि देशभरका स्वास्थ्य बीमाका सर्भर चलेका छैनन्,’ ज्ञवालीले भने, ‘सर्भर नचल्दा बिमितले पाउने सेवामा समस्या हुने नै भयो ।’

प्राविधिकहरु काममा खटिइसकेको केही समयमा समस्या समाधान हुने ज्ञवालीले बताए । ‘केही हप्तादेखि नै सर्भरमा पटक–पटक समस्या आइरहेको छ । के कारणले यस्तो भइरहेको हामीले कारण खोजिरहेका छौं,’ उनले थपे ।

स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा विहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ । अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।पछिल्लो समय स्वास्थ्य बीमाको सेवा गुणस्तरीय नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?