
२९ फागुन, काठमाडौं । सोमबार नेपालले पपुवा न्यूगिनीलाई ९५ रनमा अलआउट गर्दा सन्दीप लामिछानेले ५ विकेट लिए । यससँगै उनी सन्दीप विश्व क्रिकेटको एकदिवसीय फर्म्याटमा १०० विकेट लिने कोशेढुंगा नजिक पुगेका छन् ।
नेपालले अब बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल यूएईसँग खेल्नेछ । यो खेल जितेमा नेपाल सिधै विश्वकप छनोटमा पुग्ने छ भने दुई विकेट लिए सन्दीपले १०० विकेट पुरा गर्नेछन् । सोमबारको खेलपछि उनले भने, ‘अब अब लिग टूको अन्तिम खेल खेल्दैछौं । यदि मैले राम्रो गरे भने हामी सिधैं क्वालिफाई हुन्छौं र, मैले पनि त्यो कोशेढुंगा पनि पार गर्नेछु ।’
नेपाली स्पिनर सन्दीपले ४० एकदिवसीय खेल खेलेको छन् र, ९८ विकेट लिएका छन् । यसअघि अफगानस्तानका रासिद खानले २०१८ मा सर्वाधिक छिटो ४४ खेलमा १०० विकेटको रेकर्ड बनाएका थिए । सन्दीपसामू त्यो रेकर्ड तोड्ने अवसर छ ।
‘शून्यबाट सुरु गरेको थिएँ । त्यो कोशेढुंगा पार गर्न आफ्नो तर्फबाट हुने सक्ने प्रयास म गर्नेछु’, उनले भने, ‘यो म र मेरो परिवारका साथै देशकै लागि गौरवको कुरा हुुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4