+
+

ललितपुर महानगरका विद्यालयमा सडक सुरक्षासँग सम्बन्धित विषय पढाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १७:१९

२९ फागुन, काठमाडौ । ललितपुर महानगर भित्रका विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रुपमा पढाइ हुने भएको छ । पुस्तक विद्यालयको आधारभूत तहसम्म लागू गर्ने गरी स्थानीय पाठ्यक्रमका रुपमा महानगरले उक्त पुस्तक तयार पारेको हो ।

ललितपुर महानगरले सडक सुरक्षा शिक्षा शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान औपचारिक रुपमा कक्षाकोठाबाट नै प्राप्त गर्ने भएका हुन् ।

सोमबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र विभिन्न विद्यालयका २० जना विद्यार्थीले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे । पुस्तक आधारभूत तहसम्म लागू गर्ने गरी तयार पारिएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बालबालिकालाई विद्यालय तहबाट नै सडक सुरक्षासम्बन्धी ज्ञान दिनु आवश्यक भएकाले यो विषयलाई पाठ्यक्रममा नै राखेको बताए । उनले भने, ‘ माध्यमिक तहका लागि पनि पाठ्यक्रम तयार पार्दैछौं, त्यो पुस्तकमा लेफ्ट साइट ड्राइभिङ, राइट साइट ड्राइभिङको बारेमा पनि जानकारी दिने गरी विषयवस्तु समेट्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?