
३० फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ ।
मन्त्रालयले मंगलबार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरु सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो ।
मन्त्रालयका उपसचिव कमान सिं थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4