+
+

फेसबुकको माउ कम्पनी मेटाले फेरि १० हजार कर्मचारी कटौती गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १४:५९

१ चैत, काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने भएको छ ।

मेटाले ५ महिना भित्रमा कर्मचारी कटौती गर्न लागेको यो दोस्रो पटक हो । गत नोभेम्बरमा उसले ११ हजार कर्मचारीलाई कामबाट निकालेको थियो ।

मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी घटेको र अहिले स्थिति झनै खराब भएकाले आफूले यस्तो निर्णय गर्नु परेको बताएका छन् ।

अमेरिकामा बढेको ब्याज दर, विश्वव्यापी भूराजनीतिक अस्थिरतालगायतका कारणले मेटाको आम्दानी घटेको उनले बताएका छन् । ‘हामीले यस्तो आर्थिक स्थिति अझै धेरै समयसम्म रहने संभावनालाई मध्य नजर गरेर आवश्यक तयारी गर्नुपर्छ,’ जुकरबर्गले भनेका छन् ।

गुगल, अमेजन लगायतका मेटाका प्रतिस्पर्धी कम्पनीहरुले प्रतिस्पर्धाका लागि लागत कटौती गर्न भन्दै कर्मचारी घटाउन थालेका छन् । अमेजनले यो वर्षको सुरुमै १८ हजार कर्मचारी कटौती गरेको थियो भने गुगलको मातृ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी हटाएको थियो ।

एक अध्ययन अनुसार सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विश्वभरका कम्पनीहरुमा पछिल्लो साढे २ महिनामा १ लाख २८ हजार जनाले रोजगारी गुमाएका छन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?