+
+

ललितपुर महानगरले खरिद गर्‍यो ‘स्काइ लिफ्टिङ’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १३:००

२ चैत, काठमाडौं । ललितपुर महानगरले स्काइ लिफ्टिङ खरिद गरेको छ । ३१ लाख रुपैयाँ मूल्यमा एक थान स्काइ लिफ्टिङ खरिद गरिएको महानगरले जनाएको छ । बिरुवाको हाँगा काट्न (ट्रिमिङ गर्न), स्मार्ट सडक बत्ती सरसफाइ गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होडिङ बोर्ड निकाल्न यसको प्रयोग हुने महानगरले बताएको छ ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्काइ लिफ्टिङ बहुउपयोगी भएको बताए । उनले भने, ‘ट्री ट्रिमिङ गर्न, सडकबत्ती जडानदेखि सरसफाइसम्म यसको प्रयोग गर्छौं ।’ सजिलो र सुरक्षित ढंगबाट काम सम्पन्न गर्न यो साधन निकै उपयोगी हुने उनले दाबी गरे ।

महानगरले यसअघि बिरुवालाई नुहाइदिन विशेष किसिमको पानी ट्याङकर खरिद गरेको थियो । उक्त ट्याङकरले बिरुवामा पानी हाल्दा धुलाम्य बिरुवा सफा देखिन्छ । महानगरले यो ट्याङकरबाट बिरुवामा पानी हिउँद महिनामा हाल्ने गर्छ । हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्य भएका बिरुवा यो ट्याङकरबाट पानी हाल्दा सुकिला र चिल्ला देखिन्छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले शहरलाई सुन्दर र सफा बनाउनका लागि यो साधन उपयोगी हुने बताए । उनले भने, ‘महानगरले काम छिटो र चुस्त हुन्छ ।’ सवारीसाधनमा जडित यो स्काइ लिफ्टिङ सवारी चालकको कन्ट्रोलमा रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?