+
+

‘एलिफन्ट व्हिस्पर्स’ले ओस्कार जितेपछि तमिलनाडु सरकारको घोषणा : माउतेलाई पुरस्कार, हात्ती शिविर 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १२:५९

काठमाडौं । भारतीय डकुमेन्ट्री ‘द एलिफन्ट व्हिस्पर्स’ले यसैसाता सम्पन्न ओस्कार अवार्डमा सर्वोत्कृष्ट डकुमेन्ट्री विधामा जितेको छ । फिल्मको यस्तो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र तिनलाई हेरचाह गर्नेहरुको पक्षमा निर्णय गर्दै पुरस्कार दिने घोषणा गरेको छ ।

सरकारले हात्तीको हेरचाहका लागि शिविर बनाइदिने भएको छ । उक्त योजनाअन्तर्गत वास्तवमा आधारभूत सुविधासहितको नयाँ हात्ती शिविर अब कोइम्बटुर चावडीमा आठ करोड भारुको लागतमा निर्माण गरिने जनाइएको छ । मुख्यमन्त्री एमके स्टालिनले हात्तीको संरक्षण गर्ने कामदारलाई मुख्यमन्त्री राहत कोषबाट एक–एक लाख रुपैयाँ दिने बताएका छन् ।

उक्त डकुमेन्ट्रीमा टाइगर रिजर्वको केयरटेकर जोडी बोमन र बेली लीडले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मको प्रशंसा गर्दै सरकारले राज्यका दुई शिविरमा रहेका सबै ९१ हात्तीको हेरचाह गर्ने माहुतेलाई मुख्यमन्त्री राहत कोषबाट एक–एक लाख भारु दिने घोषणा गरेको हो । यससँगै माहुतेको घर निर्माणका लागि ९ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

सरकारले प्रसिद्ध अन्नामलाई टाइगर रिजर्भमा हात्तीको शिविर बनाउन पाँच करोड रुपैयाँ दिएको छ, जसले गर्दा उनीहरुलाई हात्तीको संरक्षण गर्न सकिने जनाइएको छ ।

‘द एलिफन्ट व्हिस्पर्स’का निर्देशक कार्तिकी गोन्साल्वेस हुन् भने निर्माता गुनीत मोंगा हुन् । ३९ मिनेटको यो डकुमेन्ट्री फिल्ममा मानिस र जनावरबीचको सम्बन्धलाई देखाइएको छ । फिल्मले दक्षिण भारतीय जोडी बोमन र बेलीलाई पछ्याइएको छ, जसले रघु नामको सानो अनाथ हात्तीको हेरचाह गर्छन् । यो वृत्तचित्र मूल रूपमा तमिल भाषामा बनाइएको थियो । यो डकुमेन्ट्रीले ओस्कारमा मनोनित अन्य डकुमेन्ट्रीलाई उछिनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?