+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

परीक्षा आयो, प्रवेश पत्र आएन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १४:५९

३ चैत, काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले आइतबार लिन लागेको लोकसेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीहरु अन्यौलमा परेका छन् ।

आयोगले पाचौं तहको परीक्षाको लागि विज्ञापन खोलेर आइतबार ५ गते परीक्षा तोकेको थियो । तर परीक्षार्थीहरुले शुक्रबारसम्म प्रवेश पत्र नपाएपछि अन्‍योलमा परेका हुन् ।

एक परीक्षार्थीका अनुसार ४ दिनदेखि आयोगको सर्भरबाट प्रवेशपत्र लिन सकेको छैन । ‘पर्सी परीक्षा छ, अहिलेसम्म प्रवेश पत्र लिन सकेको छैन । सर्भर नचलेपछि अहिले प्रवेशपत्रबिना कसरी परीक्षा दिन जाने भन्ने अन्यौल छ,’ अनलाइनखबरसँग ती परीक्षार्थीले भने ‘कार्यालयले अहिलेसम्म सर्भर डाउन भएको वा के समस्या आएको केही पनि भनेको छैन, परीक्षार्थीहरुलाई आयोगले वास्ता गरेको छैन।’

समाधान नभए विकल्प : आयोग

यता, मधेस प्रदेश लोकसेवा आयोग कार्यालयका सचिव नरेशराज खरेलले सर्भर डाउन भएको भन्दै समाधान गर्न प्राविधिकले काम गरिरहेको बताए । उनले सर्भर ठिक भएमा भोलि शनिबार पनि प्रवेश पत्र निकाल्न मिल्नेगरी काम गरिरहेको बताए ।

खरेलका अनुसार प्राविधिक रुपमा सर्भर बनाउन नसकेमा परीक्षार्थीले नागरिकता प्रमाणपत्र वा अन्य केही परिचय खोल्ने सक्कली सरकारी कागजात ल्याए पनि परीक्षामा सहभागी गराउन सक्ने आयोगले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?