+
+

विदेशी लगानीका आयोजना निर्माण समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १९:०६

३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डबाट सहजीकरण गरिएका आयोजनाहरुको निर्माण तोकिएको समयभित्रै सक्न निर्देशन दिएका छन् । शुक्रबार लगानी बोर्डको कार्यालयमा आयोजना विकासकर्ताहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

विभिन ११ वटा परियोजनाका विकासकर्ताहरुलाई प्रधानमन्त्री प्रचण्डले परियोजना निर्माण कार्य निरन्तर अघि बढाउन आग्रह गरे । सरकारकोतर्फबाट परियोजनाहरुलाई सबै खाले सहयोग र सहजीकरण हुने पनि उनले आश्वस्त पारे ।

‘परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुनेछ्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारकोतर्फबाट हुन सक्ने सबै सहयोगका लागि हामी तयार छौं ।’

कार्यक्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत, होंग्सी तथा हुवासिन सिमेन्ट नारायणी, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्याङ्दी–२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त परियोजना लगायतका विकासकर्ताहरुले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रबर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?