+
+

ए डिभिजन लिगको खेलमा क्रिकेट टिमलाई सम्मान गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते २०:२४

३ चैत, काठमाडौं । नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्‍याउने नेपाली क्रिकेट टिमलाई भोलि दशरथ रंगशालामा सम्मान गरिने भएको छ ।

शहीद स्मारक ए डिभिजन लिग अन्तरगत शनिबार साँझ ५ः३० बजे हुने सशस्त्र प्रहरी र मनाङ मर्स्याङ्दी क्लबबीच खेलका क्रममा क्रिकेट टिमलाई सम्मान गर्न लागिएको हो ।

भोलिको खेलमा टिकटबाट प्राप्त हुने रकम क्रिकेट संघको खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिनेछ । रंगशालामा सामान्य प्याराफिटतर्फ १०० र भीआईपीतर्फ ३०० रुपैयाँ टिकट लाग्छ ।

बिहीबार मात्र त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रन (डीएल मेथड) ले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?