+
+

हालान्डको ह्याट्रिकमा सिटी एफए कपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते ८:००

५ चैत, काठमाडौं । एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा बर्नलीलाई आधा दर्जन गोल गर्दै म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा सिटीले बर्नलीलाई ६-० ले पराजित गरेको हो । जहाँ हालान्डले सिटीका लागि पाँच दिनभित्रै दोस्रो पटक ह्याट्रिक गरे । उनले यसै साता च्याम्पियन्स लिग लाइपजिग विरुद्ध एकै खेलमा ५ गोल गरेका थिए ।

यस्तै युलिजन अल्भारेजले दुई तथा कोल पाल्मरले एक गोल गरे ।

हालान्डले ३२औं र ३५औं मिनेटमा लगातार गोल गरेपछि सिटीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा चार गोल थप्यो । ५९औं मिनेटमा तेस्रो गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरे ।

अल्भारेजले ६२औं र ७३औं मिनेटमा गोल गरे । पाल्मेरले ६८औं मिनेटमा एक गोल गरे ।

एफए कप अन्तर्गत आइतबार म्यानचेष्टर युनाइटेड र फुलहम, ब्राइटन र ग्रिम्स्बी टाउन तथा शेफिल्ड युनाइटेड र ब्ल्याकबर्न रोभर्सबीच क्वाटरफाइनल खेल हुनेछ । शुक्रबारै सेमिफाइनल ड्र पनि हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?