+
+

क्रिकेटर कुशल मल्ल बुटवल उपमहानगरद्वारा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ११:२५

६ चैत, बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ ।

उपमहानगरपालिकाले सोमबार एक समारोहका बीच मल्ललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

मल्ल बुटवलका बासिन्दा भएको र खेलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बुटवलको पहिचान बढाउन योगदान गरेकाले सम्मान गरिरएको नगरप्रमुख खेलराज पाण्डेयले बताए ।

क्रिकेटसँगै फुटबल र अन्य खेलमा बुटवलका खेलाडीले राष्ट्रियस्तरमै समेत पहिचान बनाएको भन्दै नगर प्रमुख पाण्डेयले खेलकुद क्षेत्रको विकासको लागि चालु आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको बताए ।

‘देशको लागि खेल्ने खेलाडीहरुलाई प्रोत्साहन गर्न र खेल पूर्वाधार विकास गर्न उपमहानगरले प्राथमिकतामा राखेको छ,’ पाण्डेयले भने ।

उपमहानगरले पूर्वक्रिकेट खेलाडी एवं कुशल मल्लका प्रशिक्षक शक्ति गौचन र कुशलकी आमा शर्मिला मल्ललाई समेत सम्मान गरेको छ ।

यसअघि कुशल अध्ययनरत बुटवलकै न्यू होराइजन संस्थाले पनि २१ हजार ५०० रुपैयाँ नगदसहित मल्ललाई सम्मान गरेको थियो ।

कुशल बुटवल-११ देवीनगरका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?