+
+

फागुनमा मात्र अर्थले दियो झण्डै ८ अर्बको स्रोत सुनिश्चितता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १९:०८
युरिया मल/फाइल तस्वीर

६ चैत, काठमाडौं । एक महिनाको अवधिमा अर्थ मन्त्रालयले ८ अर्बको स्रोत सुनिश्चितता दिएको छ । मन्त्रालयका अनुसार बहुवर्षिय ठेक्काको सहमति र बजेटसँग सम्बन्धित सहमति सो रकम बराबरको दिइएको हो ।

यस महिनामा रासायनिक मल खरिदका लागि ७ अर्ब ७५ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको छ । यस्तो स्रोत सुनिश्चितता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको छ ।

आन्तरिक राजस्व विभागमा अन्तःशुल्क स्टिकर छपाइ, आपूर्ति र ढुवानीका लागि मन्त्रालयले ४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?