+
+

अस्मिनाको कप्तानीमा ललितपुर मेयर्स ११ को टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १२:४४

७ चैत,  काठमाडौं ।ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि अस्मिना कर्माचार्यको कप्तानीमा ललितपुर मेयर्स ११ को टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले फास्ट बलर अस्मिना कर्माचार्यको कप्तानीमा सोमबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

गत माघमा भएको प्रधानमन्त्री कप महिला टी२० को सेमिफाइनल नपुगेका प्रदेशका खेलाडीहरु समावेश गर्दै ललितपुर मेयर्स ११ को टोली घोषणा गरिएको हो ।

ललितपुर मेयर्सकप टी-२० क्रिकेट यही चैत ९ देखि १६ गतेसम्म टियु मैदानमा हुनेछ । जहाँ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल पुगेका चार टोली र ललितपुर मेयर्स ११ गरी ५ टोलीले खेल्नेछन् ।

सिंगल राउण्ड रोविनपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगितामा प्रधानमन्त्री कप विजेता सुदूरपश्चिम प्रदेश, मेयर्स कपको साविक विजेता एपीएफसहित कोशी प्रदेश र मधेश प्रदेश अनि ललितपुर मेयर्स ११ ले प्रतिस्पर्धा गर्नेछन् ।

ललितपुर मेयर्स ११ को टोली :

अस्मिना कर्माचार्य (कप्तान), कृतिका मरासिनी, लक्ष्मी चौधरी, सृष्टि जैशी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, खुशी डंगोल, सुजिता थापा, किरण कुँवर, मनिषा उपाध्याय, सीमा केसी, सरसस्वी पुन, रञ्जु श्रेष्ठ, हेलिसा गुरुङ

वैकिल्पक : रचना चौधरी, बिना थापा, विपिशा शाही र एन्जिला थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?