+
+

च्याट जीपीटीको सहयोगमा १ दिनमै खडा भयो कम्पनी, २ दिनमै बनायो लखपति !

एजेन्सी एजेन्सी
२०७९ चैत ७ गते १३:५५

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटको रुपमा रहेको च्याट जीपीटीको सहयोगमा आफूले एक दिनमै एउटा कम्पनी स्थापना गरेको एक युवकले दाबी गरेका छन् ।

उक्त कम्पनीबाट आफूले अहिले लाखौं आम्दानी गरिरहेको पनि उनले खुलासा गरेका छन् ।

आफ्नो बजेट बताउँदै उनले आर्टिफिसियल इन्टेलिजेन्ससँग यतिमात्रै सोधेका थिए कि धेरैभन्दा धेरै पैसा कसरी कमाउने ?

त्यसको जवाफमा एआईले अनलाइन बिजनेसको जुन आइडिया दियो, त्यसले ती व्यक्तिको जिवन नै बदलिदियो ।

ज्याक्सन फल नामका ती व्यक्तिले ट्वीटरमा आफ्नो कहानी शेयर गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले नै आफूले त्यो आश्चर्यजनक उपलब्धि हासिल गरेको उनले बताएका छन् ।

ज्याक्सनले आफ्नो ट्वीट थ्रेडमा लेखेका छन् कि पछिल्ला दिनमा उनले च्याट जीपीटीको बारेमा निकै धेरै चर्चा सुनेका थिए । त्यसपछि उनले आफ्नो ग्याजेटमा च्याट जीपीटी ४ एआई बट लोड गरे र त्यससँग प्रश्न सोधे ।

उनको प्रश्न थियो- यदि तपाईं एक व्यवसायी हुनुहुन्छ र तपाईंसँग केवल एक सय डलर छ अनि तपाईंको उद्देश्यचाहिं कम समयमै धेरैभन्दा धेरै पैसा कमाउने हो भने कुनै गलत काम नगरिकन यसरी पैसा कमाउने तरिका के हुनसक्छ ?

त्यो प्रश्नको जवाफमा च्याट जीपीटीले अनलाइन बिजनेसको अवधारणा सुझायो र भन्यो कि त्यसबाट आफूले चाहेजति पैसा कमाउन सकिन्छ ।

डेली स्टारको रिपोर्ट अनुसार ज्याक्सन यो देखेर अचम्मित भए । उनले त्यसपछि पनि प्रश्न सोध्दै गए र च्याट जीपीटीले त्यसको जवाफ बताउँदै गयो ।

च्याट जिपिटीले ज्याक्सनलाई सुरुमा एउटा वेबसाइट बनाउन सुझाव दियो । डोमेन नेम, लोगो, वेबसाइटको डिजाइन, आलेखहरू आदि सबै तय गर्नमा पनि सहयोग गर्‍यो । त्यतिमात्र होइन च्याट जीपीटीले ब्राण्डिङ गर्ने तरिका पनि सिकायो । साथै ग्राहकको मागका आधारमा प्रडक्ट राख्ने सही तरिकाबारेमा पनि सल्लाह दियो ।

च्याट जीपीटीले लगानीका लागि पैसा कसरी जुटाउन सकिन्छ भन्ने बारेमा पनि आइडिया दियो । यसप्रकार ज्याक्सनले च्याट जीपीटीका सबै सन्देशलाई अबलम्बन गरे र एक दिनमै उनको कम्पनी खडा भयो ।

अहिले आफ्नो कम्पनीमा धेरैजना लगानीकर्ता रहेको र कम्पनीको बजार मूल्य २५ हजार डलरभन्दा धेरै रहेको उनको भनाइ छ । जबकि उनको कम्पनी केवल गत मार्च १५ मा मात्रै स्थापना भएको हो । अहिले सो कम्पनीसँग करिब २ हजार डलर नगद मौज्दात छ ।

ज्याक्सनले फेरि कम्पनीलाई अब अझै ठूलो कसरी बनाउन सकिन्छ भनेर प्रश्न सोधेका छन् । एआईको जवाफका आधारमा उनले आगामी कदम उठाउनेछन् । आफ्नो कम्पनीमा लगानीका लागि अहिले धेरै लगानीकर्ताहरुको फोन आइरहेको पनि उनले ट्वीटमा उल्लेख गरेका छन् ।

ज्याक्सन फलको सो ट्वीटमा हालसम्म २ करोडभन्दा धेरै भ्यूज प्राप्त भैसकेको छ भने ९५ हजार लाइक्स र १४ हजार रिट्वीट प्राप्त भैसकेको छ ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?