+
+

प्रधानमन्त्री कपका लागि नेपाली टिमको घोषणा, ६ नयाँ अनुहार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १३:३७
थ्री नेसन्स कपको प्रिम्याच प्रेस कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक र कप्तान । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

७ चैत, काठमाडौं । भोलि (बुधबार)देखि सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

औपचारिक नियुक्तिको प्रक्रिया पूरा हुन बाँकी प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेल भोलि बुधबार लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् । फिफा विण्डो पारेर दुई टोलीलाई आमन्त्रण गरी एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।

नेपाली टिममा ६ जना नयाँ अनुहार छन् । राष्ट्रिय टिमका नियमित खेलाडीहरु विदेश पलायन भएपछि नेपाल टिमको सन्तुलन नै विग्रेको छ । नयाँ प्रशिक्षकले ए डिभिजन लिगमा पाँच चरणको प्रदर्शनका आधारमा नयाँ खेलाडी पहिचान गरेका हुन् ।

गोलकिपर अभिशेक बराल, डिफेण्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डहरु मणिकुमार लामा तथा फरर्वार्डहरु सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका हुन् ।

मनाङ मर्स्याङदीबाट लिग खेलिरहेका सुमित र एपीएफबाट लिग खेलिरहेका मणि गत वर्ष ए डिभिजन फुटसल लिगमा क्रमसः विजेता र उपविजेता टिमका प्रमुख खेलाडीसमेत थिए ।

नेपाली टिम

गोलरक्षक : किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेण्डर : सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का ।

मिडफिल्डर : पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास ।

फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी ।

* शीर्षकमा यसअघि ७  नयाँ अनुहार भएकाले सच्याइएको छ  – सम्पादक ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?