
७ चैत,बुटवल । विभागीय टिम नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै मनाङ मस्याङ्दी क्लब २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा मनाङले चार पटकको विजेता नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हरायो ।
मनाङका लागि खेलको पहिलो हाफको ३२औं मिनेटमा प्रशन्न श्रेष्ठले र इन्जुरी टाइममा चेतनकुमार थारुले गोल गरेका थिए । नेपाल पुलिसकाका बुद्धबहादुर तामाङले ५३औं मिनेटमा गोल फर्काएका थिए ।
खेलमा मनाङका चेतन कुमार थारु म्यान अफ द म्याच घोषित हुँदै ११ हजार १ सय ११ रुपैयाँ र हेल्मेट पुरस्कार पाए ।
बुधबार पहिलो सेमिफाइनल खेल सुदूर पश्चिम ११ र थ्रीस्टार क्लबबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।
तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4