+
+

प्रधानमन्त्री कप फुटबलमा नेपालले आज लाओससँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १०:३७

८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज (बुधबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । रंगशाला प्रवेशका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क तोकिएको छ ।

नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो । त्यसअघि नियमित समयमा खेल २–२ को बराबरी भएको थियो ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाटै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नेपाल टिमको जिम्मेवारी सुरु गर्दैछन् ।

गत भदौमा अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि एन्फाले खुल्ला प्रतिस्पर्धाबाट एनेसलाई गत फागुन ११ गते नियुक्ति दिएको हो ।

छोटो समयमा उपलब्ध उत्कृष्ट खेलाडीहरु समेटेर नयाँ चुनौतीका लागि आफूहरु तयार रहेको प्रशिक्षक एनेसले बताएका छन् । उनले राष्ट्रिय टिममा ६ जना नयाँ अनुहार भित्र्याएका छन् ।

मंगलबारको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण चेम्जोङले पनि छोटो तयारी समयका बाबजुद आफूहरु लाओसमाथि प्रभावशाली प्रदर्शन गर्न तयार रहेको बताएका थिए ।

नेपालले १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टिमबीच एकअर्कासँग खेलेपछि प्राप्त अंकका आधारमा शीर्ष दुई टिमले १७ चैतमा फाइनल खेल्नेछन् । प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याचले २५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गरेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?