+
+

ललितपुर मेयर महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक टिम पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १३:०७

९ चैत, काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक टिम ललितपुर मेयर ११ पराजित भएको छ । ललितपुर मेयरलाई सुदूरपश्चिमले ५१ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि तेस्रो क्रमकी सम्झना खड्काले अविजित ५१ रन बनाइन् । उनले ४५ बलमा ६ चौका प्रहार गरेकी हुन् ।

ओपनर रुवी पोडारले ३३ बलमा ४ चौका सहति २८ रन बनाइन् । कविता जोशी २८ बलमा २ चौका र १ छक्का सहित २७ रनमा अविजित रहिन् ।

टिमकी कप्तान तथा ओपनर ब्याटर बिन्दु रावलले १४ बलमा १८ रन बनाउँदै सोनी पाख्रिनबाट बोल्ड भइन् ।

ललितपुरका लागि कृतिका मरासिनीले सर्वाधिक २ विकेट लिइन् ।

सुदुरपश्चिमले दिएको १३८ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन मात्रै जोड्न सक्यो ।

ललितपुरकी ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २५ रन बनाइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् । अर्की ओपनर कञ्चन श्रेष्ठले ३२ बलमा १ चौका सहित १६ रन बनाइन् । हेलिशा गुरुङले १९ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि रितु कनौजियाले सार्वधिक २ विकेट लिइन् । ललितपुर मेयर ११ का पाँच ब्याटरहरु रन आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?